stcnepal long ad
ime life insurance
national life
global ime bank long

ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकको गण्डकी प्रदेशले ग्लोबल मनी विकको उपलक्ष्यमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम चैत ९ गते पोखरामा सम्पन्न गरेको छ ।

कार्यक्रममा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधि गरी ५५ जनाको उपस्थिति रहेको थियो । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

सो कार्यक्रम नेपाल राष्ट्र बैंक, पोखरा शाखाका उप–निर्देशक सुदिप त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उनले ग्लोबल मनी विकको उद्देश्य र वित्तीय साक्षरताको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा अतिथिको रुपमा जिल्ला प्रहरी कार्यलयका डि.एस.पी. श्रवन बि.क ले साइबर सुरक्षा, अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

वित्तीय साक्षरता कार्यक्रम कामना सेवा विकास बैंक, गण्डकी प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद गौतमको सभापतित्वमा भएको थियो ।

सो क्रममा प्रदेश प्रमुख विष्णु प्रसाद गौतमले बचतको महत्व र कर्जाको सदुपयोग बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको प्रस्तुतिकरण न्यूरोड शाखा प्रमुख शुशिल भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन सृजना चोक शाखा प्रमुख कृष्ण हरी सिग्देलले गरेका थिए ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

IME Lifesidebar
kumari