stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवदेन दिनुपर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari