सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरको बाँडफाँड सम्पन्न
हकप्रद शेयरहरु २०८०फागुन ३० मा बाँडफाँड सम्पन्न भएको छ ।
काठमाडौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु २०८०फागुन ३० मा बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले गत २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००/–अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर २०८० फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितिले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले सो बाँडफाँडलाई स्विकृती प्रदान गरिएको थियोे ।
साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नु हुने सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, C-ASBA सदस्य बैंक तथा वित्तिय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गरेको छ ।

























