stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिआईबीको थुनामा रहेका सिईओ सहित १० जना बैंकर थुना मुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(९सिआईबी) को थुनामा रहेका १० जना बैंकर आजबाट थुना मुक्त भएक छन् । सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो ।

थुनामा रहेका १० जनालाई ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेपछि १७ दिनपछि हारिजी जमानीमा थु्नामुक्त गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

‘१० जनालाई नै आजदेखि उहाँहरुको परिवार र बैंकका प्रतिनिधिको रोहबरमा दैनिक हाजिर जमानीमा छोडिएको छ’, बोगटीले भने, ‘ अहिले हामीले पहिलो चरणको प्रारम्भिक अनुसन्धान सकेका छौं । अहिले राष्ट्र बैंकको विज्ञ समूहसहित अनुसन्धान जारी छ ।

उहाँहरुले हिरासत बाहिर रहेर पनि प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने लागेर छोड्न लागेको हो ।’

अनुसन्धान अझै केही साता लम्बिने देखिएको छ । आज थुनामुक्त भएका १० जना नै भोलीबाट दैनिक बिहान १० बजे सिआईबीमा जाने र साँझ ५ बजे घर फर्कने छन् ।

त्यो अवधिमा सबै जनाले अनुसन्धानलाई सहयोग गर्नुपर्ने छ । अनुसन्धान लामो समय जाने देखिएपछि सरकारी वकिलको राय र अनुसन्धान अधिकृतको जतबिजीमा छोडिएको छ ।

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओ तथा पूर्वसीईओ सहितका १० जनालाई फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुमति पाएको छ । फागुन १५ गते उनीहरु पक्राउ परेका हुन् ।

ब्यूरोले धितोभन्दा बढी कर्जा प्रवाह गर्ने कार्यमा संलग्न प्रबन्ध निर्देशक सहितका १० जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । ब्यूरो बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

तत्कालीन सेञ्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई र उनी आवद्ध कम्पनीहरु पूजा ट्रेडिङ्ग एण्ड मार्केटिङ्ग कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ्ग प्रालि, पूजा मार्केटिङ्ग प्रा.लि. र अन्नपूर्ण डिष्टिलरी प्रा.लि. समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरिएको ब्यूरोले जनाएको छ ।

उक्त धितोवापत २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको ब्यूरोले जनाएको छ ।

धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा मनोज न्यौपाने,राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ,अनुपमा श्रेष्ठ मान्नधर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत रहेको सीआईबीले जनाएको छ ।

IME Lifesidebar
kumari