stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि त्यसको चर्चा भइरहेको छ ।

सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा दिने गरेकोमा छोरीलाई त्यस्तो दर्जा दिएपछि पाकिस्तानसहित विश्वमै चर्चा भइरहेको हो ।

आसीफा अली जर्दारीले प्रथम महिलालाई दिइने सबै सुविधा पाउनुहुने छ । पाकिस्तानमा छोरीलाई कसरी प्रथम महिला बनाउन मिल्छ भन्ने बहस चलेको छ ।

पाकिस्तानको पत्रिका ुद एक्सप्रेस ट्रिब्यूनु ले गरेको कुराकानीमा कानुनका जानकारहरूले राष्ट्रपतिसँग आफ्नो परिवारको कुनै महिला सदस्यलाई प्रथम महिलाको उपाधि दिने अधिकार हुने बताएका छन् । आसीफा पाकिस्तानमा पोलियो रोग नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय हुनुहुन्छ ।

IME Lifesidebar
kumari