stcnepal long ad
ime life insurance
national life
global ime bank long

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एलजीको निस्शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४ योजना ल्याएको छ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अन्तरराष्टिय ब्राण्ड एलजीले चैत्र १ गते देखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी नि शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको ए.सी मा नि शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी.साट्न चाहेमा, उक्त पुरानो ए.सी मा बिगतको भन्दा ५० प्रतिशत सम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सीसँग साट्न सक्नेछन् ।

ग्राहकबर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ। यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६–००–१००–२११ वा ०१–५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।

रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन। यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशत सम्म छुटका साथै नयाँ  एलजीको ए.सी.खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै ग्राहकबर्गहरुले नयाँ एसीमा ४ हजार बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन । नयाँ एलजीको ए।सी।हरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ ।

IME Lifesidebar
kumari