stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन संसदबाट विधेयक पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने ऐतिहासिक विधेयक पारित गरेको छ ।

यसले सामाजिक सञ्जालको विशाल चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो नियन्त्रण गर्ने हिस्सेदारी बेच्न ६ महिनाको समय दिनेछ । अन्यथा सो एपलाई अमेरिकामा रोक लगाइनेछ ।

फरक विचारधारा भएका दुई पार्टीको अत्यधिक मतबाट तल्लो सदनमा यो विधेयक पारित भएको हो । यद्यपी कानुन बन्नका लागि भने विधेयक संसदको माथिल्लो सदन सिनेटबाट पारित भई राष्ट्रपतिबाट हस्ताक्षर हुन आवश्यक हुन्छ ।

अमेरिकामा टिकटकमा चीनको प्रभावबारे सांसदहरूले लामो समयदेखि चिन्ता र चासो व्यक्त गर्दै आएका छन् । टिकटक चीनिया कम्पनी बाइट डान्सको स्वामित्वमा छ ।

अमेरिकामा चीनिया कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको एप राष्ट्रिय सुरक्षाको दृष्टिकोषणले जोखिमपूर्ण भएको सांसदहरुको भनाइ छ । अमेरिकामा टिकटकका १५ करोड प्रयोगकर्ता छन् ।

IME Lifesidebar
kumari