citizens life insurance long ad
stcnepal long ad

अमेरिकी अर्थव्यवस्थामा सुधार आएको राष्ट्रपति बाइडेनको दावी

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द यूनियन’ सम्बोधनका त्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा उहाँले हासिल गरेका उपलब्धिको प्रशंसा गरेका छन् ।

महिनौंसम्म बाइडेनको अनुमोदन दर ४० प्रतिशतभन्दा कम रहेको अवस्थामा उहाँको टिप्पणीअझै पनि उच्च मूल्य, अनिश्चित अर्थतन्त्र, सीमा सङ्कट र भूराजनीतिक द्वन्द्वलगायतका कारण निराश भएका अधिकांश अमेरिकीसँग मेल नखाने सम्भावना छ ।

“मेरा पूर्ववर्तीबाट मैले अमेरिकी अर्थव्यवस्थालाई सङ्कट उन्मुख अवस्थामा सम्हालेको थिए । अहिले हाम्रो अर्थतन्त्र संसारको ईष्र्या बिषय बनेको छ”, बाइडेनले अमेरिकी अर्थव्यवस्था सुधारोन्मुख रहेको बताउँदै भने, “ज्याला बढ्दै जान्छ र मुद्रास्फीति घट्दै जान्छ १”

ग्यालोपले हालै गरेको एक सर्वेक्षण अनुसार ४५ प्रतिशत अमेरिकीले देशको वर्तमान आर्थिक अवस्थालाई खराब ठान्छन्, एक चौथाइभन्दा बढीले मात्र अवस्थालाई सन्तोषप्रद ठान्छन् । पाँच प्रतिशतभन्दा बढीले मात्र अवस्थालाई उत्कृष्ट ठान्छन् भने २२ प्रतिशतले राम्रो ठान्छन् र अन्य २९ प्रतिशतले स्वाभाविक ९न्यायोचित० भएको विश्वास गर्छन् ।

मुद्रास्फीतिले बहुसङ्ख्यक अमेरिकीहरूलाई प्रभावित गरिरहेको सर्वेक्षणले देखाएको छ, जसमा १७ प्रतिशतले उनीहरूको जीवनस्तर कायम राख्ने क्षमतामा असर पार्ने ‘गम्भीर’ कठिनाइ भएको बताएका छन् भने ४६ प्रतिशतले यसलाई ‘मध्यम’ कठिनाई भएको बताएका छन् ।

आफ्नो भाषणमा बाइडेनले आफ्नो टोलीले दुवै दलका सिनेटरहरूसँग वार्ता गरेको र सीमा सुरक्षा सुधारको ‘सबैभन्दा कठिन’ द्विदलीय समर्थन रहेको विधेयकको नेतृत्व गरेको बताए । उनको यो टिप्पणीलाई त्यहाँ उपस्थित रिपब्लिकन सांसदहरूले चर्को स्वरमा आलोचना गरेका थिए ।

रिपब्लिकनहरूले हालैको सीमा सम्झौतालाई कठिन कार्य नभएको बताएका थिए । अलाबामाका रिपब्लिकन सिनेटर केटी ब्रिटले बिहीबार राति बाइडेनको सम्बोधनमा रिपब्लीकनको औपचारिक प्रतिक्रिया दिँदै राष्ट्रपतिले सीमा सङ्कट सिर्जना गरेको र ‘अपराधीलाई विश्वासमा’ लिने र भोट बैङ्क सुरक्षित गर्ने प्रयास गरेको बताए ।

ब्लुमबर्ग न्यूज र मर्निङ कन्सल्टको हालैको सर्वेक्षणअनुसार अमेरिका–मेक्सिको सीमामा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका लागि बाइडेनले जिम्मेवारी वहन गरेको १० मध्ये छ जनाले बताएका छन् । यो सीमा क्षेत्रमा दुबै दलको राजनीतिक प्रभाव बराबरी रहेको मानिन्छ ।

युक्रेन र रूसबीच लामो समयदेखि जारी द्वन्द्वका बीच राष्ट्रपति बाइडेनले युक्रेनलाई निरन्तर अमेरिकी सैन्य सहायताका साथै गाजामा इजरायली हवाई तथा स्थल आक्रमणजारी रहेका कारण प्यालेस्टिनी नागरिकले भोग्नुपरेको मानवीय सङ्कट दिन प्रतिदिन भयावह बन्दै गएको भन्दै सांसदहरू निराश हुँदै गएका बेला उक्त सम्बोधन गरे ।

इजरायली र प्यालेस्टिनीबीचको द्वन्द्वबारे बाइडेनको व्यवस्थापन र अमेरिकी अडानबारे युवा मतदाता रूष्ट देखिएका सर्वेक्षणले देखाएको छ । युवा अमेरिकीहरू विशेष गरी आलोचनात्मक छन्, इजरायलको कारबाही र गाजा द्वन्द्वमा अमेरिकी प्रशासनको व्यवस्थापन दुवैप्रति असन्तोष व्यक्त गर्छन् ।

IME Life
kumari