stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

गण्डकी प्रदेशमा मध्यावधि हुने सम्भावना बढ्यो–मुख्यमन्त्री पाण्डे

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काँग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाली जनताको जनमतको अपमान गरेको बताउनुभएको छ।

शुक्रवार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको समयमा प्रचण्डले गोरखाली जनतासँग गरेका वाचाहरु सबै झुठा सावित भएको बताउनुभयो ।

‘गोरखा क्षेत्र नम्वर २ त्यसमा पनि बिशेष गरी २९ख० मा जाँदा त्यहाँको जनतालाई के भन्नुहुन्छ रु’ प्रचण्डलाई प्रश्न गर्दै पाण्डेले भन्नुभयो ‘चुनावको बेला पाँच बर्ष सँगै हिड्छु ।

सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउँछु र म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा भन्नुभएको थियो । ५० ठाउँमा बोल्दा ४९ ठाउँमा भन्नुभयो होला यो कुरा । तर किन जान सक्नुभएन पाँच बर्ष ? किन जान प्रयत्न गरिएन ?’

देशको नेतृत्व गर्ने मान्छे नै अस्थिरताको कारण हुन थालेपछि मुलुकको अवस्था के होला भन्दै उहाँले चिन्ता  व्यक्त गर्नुभयो । गण्डकी  प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना बढेको उहाँको तर्क थियो ।

अहिले संघमा बनेको गठवन्धन अघि बढे गण्डकी प्रदेशमा कुनै पनि पार्टीको सरकार बन्न नसक्ने उहाँले दावी गर्नुभयो ।

‘कुनै पार्टीको बहुमत पुग्न सक्दैन, कुनै पनि सरकार बन्न नसकेपछि फ्रेस म्यान्डेड नै हो, तर म त्यता जान चाहन्न । म सकेसम्म त्यसलाई रोक्न प्रयत्न गर्छु,’ उहाँले भन्नुभयो।

यसको निकास खोज्न राजनीतिक दलहरुलाई आफूले आग्रह समेत गर्दै आएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

prabhu mahalaxmi
kumari bank
kumari