stcnepal long ad
ime life insurance
national life
global ime bank long

एक सातासम्म काठमाडौँका यी स्थानमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आजदेखि एक सातासम्मका लागि विद्युत् सेवा आपूर्ति नहुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै आजदेखि एक सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत् लाइन अवरुद्ध हुने जनाइएको छ ।

आज बालुवाटार फिडबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकुल रहेमा भने विद्युत् नियमित आउने प्राधिकरणले जनाएको छ ।

IME Lifesidebar
kumari