stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजदेखि कुलेखानी–फर्पिङ्ग सडक संचालनमा आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको माग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट संचालनमा आउने भएको छ।

सडक निर्माण तथा मर्मतका लागि गत पुस १६ गतेदेखि बन्द रहेको उक्त सडकखण्ड आजबाट संचालनमा आउने भएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ।

पालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले मंगलवार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन्। सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी संचालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक संचालनमा ल्याउन लागिएको अध्यक्ष पुडासेनीले बताए। सडकखण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य चलिरहेको छ।

IME Lifesidebar
kumari