sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गरी अध्यक्ष पदको पूर्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको लागि गठित समितिले खुल्ला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको हो ।

योग्य नेपाली नागरिकले ५ हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन् । पुस २२ गतेदेखि बोर्ड अध्यक्षको पद खाली थियो ।

अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनौट समिति छ ।

समितिले तयार पारेको कार्यविधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्ने छ । वाणिज्य, कानुन, धितोपत्र बजार र व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।

विद्यावारिधी गरेका उम्मेदवारले अतिरिक्त ३ अंक पाउनेछन् । शैक्षिक योग्यताका लागि १२ अंक, व्यावसायिक कार्ययोजना ४०, कार्ययोजना प्रस्तुतिकरण १८ र अन्तर्वार्ताका लागि ३० अंक तोकिएको छ ।

 

gold
kumari bank
nawakantipur long