citizens life insurance long ad
stcnepal long ad

पाकिस्तानले पायो पहिलो महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छोरी मरियम निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बन्नुभएको हो । पन्जाबमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) को एकल बहुमत छ ।

गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा सङ्घीय सरकारका लागि कुनै पनि दलको बहुमत नपुगेपछि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ ।

पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि फेब्रुअरीको अन्तिमसम्म संसदमा चुनाव हुनेछ ।

IME Life
kumari