stcnepal long ad
ime life insurance
national life
global ime bank long

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आज रिहा भएका हुन् ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।

IME Lifesidebar
kumari