stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेसनल लाइफ इन्स्योरेन्सको नाफा १६.९१ प्रतिशतले बढ्यो

जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २५ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.९१ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले २१ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

कम्पनीले लगानी तथा कर्जाबाट २ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.२२ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३ अर्ब ७६ करोड थियो । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

यसको रिटेन अर्निङमा ६० करोड १८ लाख छ । यसको जीवन बिमा कोषमा ७१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ११.४५ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ २१ पैसा रहेको छ ।

IME Lifesidebar
kumari