stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सको बीमा कोष १८% ले बढेर १२ अर्ब माथि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०र८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

३ अर्ब ७५ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १२ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २।७३ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको छ ।

यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचित जगेडा कोषमा ६८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब २० करोड रहेको थियो भने गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १८.३० प्रतिशतले वृद्धि भएर १२ अर्ब ७ करोड पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २.७० प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १६ करोड ४७ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.२३ प्रतिशतले वृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीले २७ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड २७ लाख रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८१.१३ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari