citizens life insurance long ad
stcnepal long ad

यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी

Nimb long ad
Prabhu Insurance Long Ad

आइसीसी यू–१९ विश्वकप आजदेखि सुरु हुँदैछ। विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन्। दुवै खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि सुरु हुने छन्।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन्। यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ।

यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

विश्वकप खेल्ने नेपाली टिम:

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।

यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्।

अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्नेछ। अन्त्यमा दुवै समूहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन्। त्यस्तै समूह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन्।

IME Life
kumari