हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ
काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई दुई करोड नगदसहित बिहीबार राति पक्राउ गरेको छ ।
विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो । हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि निगरानी गरिएको थियो।
उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ ।
उनलाई राजस्वको हिरासतमा राखिएको छ। उनले बाहिर कपडाको व्यापार देखाएर अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागको दाबी छ । कारोबारमा उनको समूह भएको अनुमान गरिएको महानिर्देशक ढुंगानाले जनकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।