तीन दिन लगातार बजारबाट पैसा तान्दै केन्द्रीय बैंक
योसँगै केन्द्रीय बैंकले पछिल्लो तीन दिन लगातार बजारबाट पैसा तान्न लागेको छ ।
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । योसँगै केन्द्रीय बैंकले पछिल्लो तीन दिन लगातार बजारबाट पैसा तान्न लागेको छ ।
पुस १७ गते १० अर्ब रुपैयाँ र पुस १८ गते २५ अर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकले आज पुस १९ गते तेस्रो दिन पुनः अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
आज बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल नहुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन मार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी माघ ११ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
पछिल्ला दिनहरुमा केन्द्रीयले बैंकले पटक–पटक बैंक तथा वित्तीय संस्थाबाट तरलता प्रशोचन गरिरहेको छ । प्रणालीमा अधिक तरलताको अवस्था आएपछि केन्द्रीय बैंकले त्यसलाई खिचेको हो ।























