प्राधिकरणले दियो प्रभु इन्स्योरेन्सलाई नेपाल पुनर्बीमाको १९.७९ लाख कित्ता सेयर नामसारी गर्ने स्वीकृति
काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर नामसारी गर्नको लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ।
प्रभु इन्स्योरेन्सको नेपाल पुनर्बीमाको संस्थापक सेयरलाई एशियन लाईफ इन्स्योरेन्सले बोलक बोल प्रकृयाबाट खरिद गर्न लागेको हो।
प्रभु इन्स्योरेन्ससँग रहेको पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर एशियन लाईफले खरिद गर्न लागेकोमा उक्त सेयरलाई नेपाल बिमा प्राधिकरणले स्वीकृत दिएको हो।
प्रभू इन्स्योरेन्सले प्रति कित्ता २८० रुपैयाँ न्यूनत्तम बिक्री मूल्य तोकेको थियो । एशियन लाईफले २८० रूपैयाँ कै दरले सबै सेयरमा बोलकबोल मार्फत आवेदन दिएपछि बिक्रीमा राखिएका सबै सेयर एशियन लाइफले पाएको हो।
प्राधिकरणले स्वीकृति दिएपछि नेपाल पुनर्बीमाको संस्थापक सेयरको किनबेच बोलकबोल मुल्यमा नेप्सेमा कारोबार हुनेछ।























