राजनीतिमा आवश्यकता र वाध्यता

निरज रञ्जित
राजनीतिमा पैदा हुने र गरिने विविध समस्या,घटना र परिस्थितिहरूको गाम्भीर्यको आधारमा समाधानका लागि चालिने प्रयास को तौरतरिका सामान्यतया दुई चरणमा छुत्याइन्छ।सौम्य, सौहार्द र मर्यादा राख्दै गरिने नरम एवं लचीलो प्रयास प्रथम चरण हो र यस्तो प्रयास लाई “आवश्यकता” को श्रेणीमा राखिन्छ र कठोरताका साथ प्रस्तुत हुनु नै पर्ने वाध्यात्मक अवस्था लाई “वाध्यता” को श्रेणीमा राखिन्छ।तसर्थ Hit the Iron When It Is Hot भने झै समस्याको स्तर, जटिलता र समस्या तेर्स्याउने पक्षको मनोवृत्ति,कार्यशैली र प्रस्तुति को यथासमय पहिचान गर्नु पर्दछ।
समाधानका लागि तत्काल क्रियाशिल हुनु पर्दछ अन्यथा परिणाम राष्ट्र हित प्रतिकूल मात्र होईन् घातक पनि हुन् सक्छ। यी सबै काम कुराहरू सत्तासीन दल र नेताहरूको राजनीतिक एवं कूटनीतिक कौशल,चातुर्य,दूरदर्शी र सामर्थ्य मा निर्भर गर्दछ। तर विडम्बना हाम्रा शासकहरू राजनीतिक एवं कूटनीतिक सिपालु भएर पनि हेलचक्र्याइँ,उदासीन,अस्पष्ट र अज्ञात कारण ले गर्दा आज हामी छिमेकी भारतले गरेको हाम्रो भुमि अतिक्रमण को चपेटा मा परेका छौ, उल्झियका छौ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो । महाकाली सिमा नदी हो। लिम्पियाधुरा महाकालीको उद्ग़म स्थल हो । यस्को पुष्टि दुईटै पक्ष बाट हस्ताक्षरित विभिन्न सन्धि,पूरक सन्धि, नक्सा,पत्राचार,ऐतिहासिक दस्तावेजहरू र जलविज्ञानको सिद्धान्त ले गर्दछ ।
भविष्यमा हुने नेपाल भारत राजनीतिक एवं कूटनीतिक वार्ता लाई सशक्त ढंगमा निर्णय को विन्दुमा पुर्याउन सरकारले ऐतिहासिक प्रमाण र दस्तावेजहरूको सक्दो संकलन र व्यवस्थापन गरि तयारी अवस्थामा रहनु वर्तमानको राजनीतिक आवश्यकता हो।हुनत सरकारले एउटा संयन्त्रको गठन गरिनै सक्या छ ।
भूमि अतिक्रमण विरूद्ध हामीले निरन्तर आवाज बुलन्द गर्दै आएका छौ । सदियौं देखि को दुई देश को सम्बन्ध लाई सम्मान गर्दै तथ्य प्रमाण को आधारमा शान्ति,सदभाव कायम गरि राजनीतिक एवं कूटनीतिक तह र प्रकिया बाट समाधान गर्न हामीले प्रयत्न गरिनै रह्यौ । Wait And See को नीति अनुरूप कूटनीतिक मर्यादा र प्रक्रिया लाई पालन गरिनै रह्यौ। हामी चाहन्छौ भारत संगको हाम्रो सम्बन्ध सम्मानित र मिठास होस । यो हाम्रो राजनीतिक आवश्यकता हो।तर भारत तथ्य र प्रमाणको कुरो गर्दैन् । हाम्रो प्रयास र कूटनीतिक मर्यादा लाई लत्त्याइ नै रह्यो। हाम्रो भूमि समेतको आफ्नो नक्सा सार्वजनिक गर्यो। बाटो बनायो।उदघाटन गर्यो। चीनको उकसाहटमा भारत संग नेपालले निहुं खोजेको आरोप लगाउदै भारतीय सेनाध्यक्ष ले राजनीतिक एवं कूटनीतिक विषय लाई सैन्यीकरण गर्न खोजेकै हो । भारतीय मनोवृत्तिमा बदनियतको संकेत देखियो । तसर्थ अबको हाम्रो राजनीतिक आवश्यकता भन्या Back And Forth को नीति अनुरूप अघि बढ़नु हो।
लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको अद्यावधि नक्सा नेपाल सरकारले ७ ज्येष्ठ २०७७ बुधवार सार्वजनिक गर्यो। यो हाम्रो राजनीतिक बाध्यता हो । भारतले तत्काल( 20 May 2020 ) आफ्नो प्रतिक्रियामा “ सिमानाको केही भारतीय भूमि नक्सामा समावेश गरेको,एकतर्फी भएको,ऐतिहासिक तथ्य र प्रमाण मा आधारित नरहेको,थाती रहेको सिमा विवादहरू कूटनीति वार्ता द्वारा समाधान गरिने भनिएको समझदारी विरूद्ध भएको,वनावटी सिमा दावी मान्य नभएको” आरोप लगाउदै “भारतीय सार्वभौम र भुअखण्डता को सम्मान गर्न र थाती रहेको सिमा विवादहरू कूटनीति वार्ता द्वारा समाधान गर्न नेपाली नेतृत्वले सकारात्मक वातावरण सृजना गर्ने छ। ”भनेको छ। निशान छापमा अद्यावधि नक्सा राख्न संसदमा प्रस्तुत संविधान संशोधन को विधेयक ३१ ज्येष्ठ २०७७ शनिवार सर्वसम्मत पारित भयो। यो स्वतन्त्रता सार्वभौम भुअखण्डता र राष्ट्रीयता को अभूतपूर्व ऐतिहासिक ऐक्यबद्धता प्रदर्शन हो।भारतले उत्निखेरै june 13,2020 मा “ भारतीय सिमानाको केही भूभाग समावेश गर्न नेपाल को नक्सा परिवर्तनको विधेयक प्रतिनिधि सभाबाट पारित भएको,भूमिको बनावटी दावी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको,मान्य नभएको र थाती रहेका हाम्रा सिमा विवादका सम्बन्धमा वार्ता गर्ने भनिएको समझदारीको उल्लंघन गरेको” प्रतिक्रिया जनायो। हामीले अद्यावधि नक्सा सार्वजनिक गर्दा,संविधान संशोधन गर्दा तुरुन्तै प्रतिक्रिया जनाउने तर नेपाल ले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा वार्ताका लागि पटक पटक कूटनीतिक प्रयास गर्दा मौन धारण गर्ने वास्ता नगर्ने भारत ले हामी संग कस्तो सम्बन्ध चाहेको हो छर्लङ्ग छ।भारतीय विदेश मन्त्रालयले नेपाल माथी दोष थोपर्दै दोस्रो पटक विज्ञप्ति जारी गरेको दोस्रो दिन June 15,2020 रक्षा मन्त्री राजनाथ सिंहले “नेपाली जनता प्रति कटुता नरहेको,दुई देश वीच सामाजिक, भौगोलिक, ऐतिहासिक सांस्कृतिक मात्र होईन् आध्यात्मिक सम्बन्ध पनि रहेको र सिमा सम्बन्धमा रहेको भ्रम को स्थिति लाई कुराकानी बाट समाधान गर्ने छौ।”भनेका छन्।कुरो सकारात्मक छ । तर “ भ्रम”शब्दले स्थिति अझै पेचिलो हुन सक्ने संकेत गर्दछ ।
भारत अहिलेको घडीमा नेपाल सम्बन्धमा भड्काउ र पेचिलो बाटो हिंड्दै छ।नेपाल लाई भारत विरूद्ध भड्काउने,चरमोत्कर्षमा पुर्याउने,विषम परिस्थिति पैदा गर्ने र संवेदनशीलताको बहानामा दबाव दिने र लिम्पियाधुरा,लिपुलेक र कालापानी को विवादमा नतमस्तक गराउने कुटि्ल नीति कार्यान्वयनमा लागि परेको छ।नेपालको हरेक क्षेत्र,तह र हैसियतका व्यक्तित्वहरू लाई प्यादा बनाउदै प्रयोग गर्दै छ ।भारतमा कतिपय बौद्धिक र राजनीतिक व्यक्तित्वहरूले नेपाल संग वार्ता किन नगर्या भन्दै दबाव दिई रहदा पनि सरकारले चासो नै राखेन्।राजनीतिक तथा बौद्धिक एवं संचार क्षेत्रका आफ्नो पट्टुहरू लाई संचार माध्यमहरूमा नेपाल विरूद्ध तथानाम फलाक्न लगायो हाल सम्म पनि फलाकि नै रहेका छन्। तर प्रभाव शून्य रह्यो । किनकि भड्काउका ती पटकाहरू म्याद गुज्रीसकेको, ढुसी लागेको परेछ।


























