stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण,मनाङमा पनि भेटिए संक्रमित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमीत भेटिएका छन । स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । यो

सँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।

गण्डकीमा बिहीबारमात्रै ४२ जना थप संक्रमित भेटिएका छन । पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १७ पुरुष, तनहुँका १२, गोरखाका १२ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

मनाङका बाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका रहेको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले बताए ।

क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

prabhu mahalaxmi
kumari