citizens life insurance long ad
stcnepal long ad

दक्षिण अफ्रिका विरुद्धको ओडीआई सिरिजको उपाधि भारतलाई

Nimb long ad
Prabhu Insurance Long Ad

भारतले तेस्रो तथा अन्तिम ओडीआई खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गरेको छ । सन्जु स्यामसनको शतक र अर्शदीप सिंहको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकालाई हराएको भारतले तीन खेलको ओडीआई सिरिज २–१ ले जितेको छ ।

जितको लागि २९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जीले ८१ रन बनाए । मध्य र तल्लोक्रम नचल्दा दक्षिण अफ्रिका पराजित भएको हो ।

कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए । भारतका अर्शदीप सिंहले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए । आवेश खान र वासिन्टन सुन्दरले २–२ विकेट लिए ।

अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए ।त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १०८ रनको शतकीय इनिङ खेले ।

तिलक बर्मा ५२ रनमा आउट भए । रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए ।

IME Life
kumari