citizens life insurance long ad
stcnepal long ad

ग्लोबल आइएमई बैंकको आज वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आज बिहीबार मंसिर २८ गते वार्षिक साधारण सभा बस्दैछ । साधारण सभा, नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

उक्त साधारण सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश  गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर  १३ गते बुक क्लोज गरिसकेको छ ।

मंसिर १२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

IME Life
kumari