नेपाल इन्स्योरेन्स कम्पनीको पुस १३ गते वार्षिक साधारण सभा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको मंगलबार बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारण सभामा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२५ नगद गरी जम्मा १०.५२ % लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । वार्षिक साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, मंसिर २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।























