macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनटिसीको नेटवर्क नै नपक्डिने र ‘व्याण्ड ट्वेन्टी’ नभएको ‘वाई २७ एस’ जारी गर्दै भिभो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । भिभाले वाई सिरिज अन्तर्गत व्याण्ड–२० नभएको, एनटिसीको नेटवर्क समेत राम्रो नपक्डिने वाई २७ एस सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ डिजाइन भन्दै प्रचारमा ल्याइएको वाई २७ एसमा ८०० मेगाहर्ज समेत नचल्ने बताइएको छ । भिभोले उच्चस्तरीय प्रदर्शनका नाउँमा स्मार्टफोन प्रयोगकर्ताहरुलाई बेवकुफ बनाउन लागेको तथ्य बाहिर आएको छ ।

वाई २७ एस भेरियन्ट बरगन्डी ब्ल्याक र गार्डेन ग्रिन गरेर दुई कलरमा लन्च गर्ने तयारीमा रहेको भिभोले ४४ वाट फ्ल्यासचार्जसहित साथमा दिने भनी प्रचार गरिरहेको छ ।

यो फोनमा पाँच हजार एमएएचको पावरफूल व्याट्री राखिएको तथ्यलाई पनि अनुमानका रुपमा प्रस्तुत गरेर भिभोले स्मार्टफोन प्रयोगकर्तालाई दिग्भ्रमित बनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad