ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने
ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो। मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ।
महानगरले मङ्सिर २४, आइतबारदेखि फुटफाटमा व्यापार गर्न नदिने भएको हो । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
मङ्गलवारदेखि माइकिङ र ब्यानर टाँसेर आइतबारसम्म फुटपाथ व्यापार हटाउन ललितपुर महानगरपालिकाले अनुरोध समेत गरेको जानकारी दिएको छ ।
ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरूले सामान बेच्दा भिडभाड हुँदा हिँडडुलमै समस्या हुन थालेपछि सधैँका लागि फुटपाथ निषेध गर्न
लागेको हो ।