नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै १ सातामै २ पटक निक्षेप तान्दै
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै १ सातामै २ पटक निक्षेप तान्न लागेको छ । तरलता व्यवस्थापन गर्न १५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
बैंकले आज बिहीबार मंसिर १४ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन मार्फत् १५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति मंसिर २१ गते निर्धारण भएको छ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले मंसिर १२ गते निक्षेप संकलन उपकरण मार्फत नै बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब निक्षेप तानेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सक्दा अधिक तरलताको अवस्था आएको छ ।























