stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युवाको आन्दोलन देशब्यापी बन्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन भएका छन् ।शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत विभिन्न ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् ।

त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका शहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् । केही दिनयता युवा तथा अभियान्ताहरूले स्वतस्स्फूर्त रूपमा विभिन्न मुद्दा उठाएर प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका छन् ।

गृह मन्त्रालयले भने लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ । तर सरकारको चेतावनीका बावजुत युवाहरु सडकमा प्रदृशनमा उत्रिएका छन ।

हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरू लाम सडक पेटीमा दायाँ बायाँ शान्तिपूर्ण ढंगले सामाजिक दुरी कायम गर्दै उभिएका थिए । युवाहरुले प्ले कार्डमा कोरोना कोषको १० अर्व खोई ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्ने, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर लगायत लेखेका थिए ।

कडा प्रदर्शन हुने देखेर व्यापक प्रहरी परिचालन भए पनि प्रदर्शनकारीले नाराबाजी नगरी शान्त भएर उभिएपछि प्रहरीले पनि अत्यन्तै संयमता अपनाएको देखिएको छ ।

यसअघिका प्रर्दशनमा पानीका फोहरा र अश्रुलग्यासको सामना गरेका प्रर्दशनकारी शुक्रबार भने मौन देखिएपछि प्रहरीपनि संमयम बनेको थियो । विगत तीन दिन यति युवाहरुले देशका विभिन्न शहरमा प्रदृशन गर्दे आएका छन् ।

prabhu mahalaxmi
kumari