stcnepal long ad
ime life insurance
global ime bank long

कोरोना बिमाको पहिलोपटक दाबी भुक्तानी पनि भयो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा कोरोना बिमाको पहिलो पटक दाबी भुक्तानी गरिएको छ । कोरोना बिमाको पहिलो दाबी शुक्रबार भुक्तानी गरिएको हो । नेको इन्सुरेन्समा कोरोना बिमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको १ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

नेको इन्सुरेन्सले शुक्रबार कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटमा कोरोना बिमा कार्यक्रम समावेश गरेको छ ।

prabhu mahalaxmi
kumari