stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर कार्यालयको सूचना सर्वोच्चद्वारा खारेज, लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । आन्तरिक राजश्व कार्यालयले आगामी असार ७ गतेको समयसीमा तोकेर जारी गरेको कर बुझाउने सूचना सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले बुधबार जारी गरेको अन्तरिम आदेशको पूर्ण विवरण आज सार्वजनिक गर्दै सबै प्रकारका करहरु लकडाउन खुलेको ३० दिनभित्र तिर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको संयुक्त इजलासले हिजोको इजलासबाट यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

राजश्व कार्यालयको कर तिर्न ताकेता विरुद्धमा दायर गरिएको रिटमाथि हिजो सुनुवाई गर्दै मुद्दा किनारा लगाएको छ । अधिवक्ता सिर्जना अधिकारीले जेठ २१ गते र थानेश्वर काफ्लेले जेठ २६ गते दायर दुई छुट्टा छुट्टै रिटलाई एकै ठाउँमा राखी हिजो सुनुवाई गरिएको थियो ।

सर्वोच्च अदालतले यसअघिको फैसलामा सार्वजनिक यातायात खुलेपछिको अवस्थालाई लकडाउन खुलेको मानिने भनी व्याख्या गरिसकेको छ । अब सार्वजनिक यातायात सहितको लकडाउन खुलेको ३० दिनभित्र कर तिर्न पाउने सुविधा सबैले पाउने भएका छन् ।

prabhu mahalaxmi
kumari