विश्व बैंकद्वारा नेपाललाई ४५ करोड अमेरिकी डलर सहयोग स्वीकृत

आर्थिक सञ्जाल
काठमाडौं । विश्व बैंकले नेपालको सडक क्षेत्र मर्मत सम्भारका लागि ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम करिब ५४ अर्ब हुनेछ । बैंकले उक्त ऋण सहायताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ ।
कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासमा लागि खर्च हुने गरी ऋण स्वीकृत गरिएको विश्व बैंकले जानकारी दिएको छ ।
विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जार्भोसले भने, ‘नेपालमा कोभिड १९ पछिको अवस्थामा सुरक्षा, रोजगारी सिर्जना र स्थानीय उत्पादनमा जोड दिन यो रकम सहयोग गरिएको हो ।’
विश्व बैंकले विशेष गरी यो सहयोग नागढुंगा–नौबिसे–मुग्लिन सडक स्तरोन्नति र कमला–डल्केबर–पथलैया सडक सुधारको लागि दिएको हो । आयोजनाबाट नेपालको अन्तरदेशीय व्यापार सहजीकरण हुने हुनेछ । यसैगरी, सुरक्षित सडक यातायात सुनिश्चित हुने र आजनताले सहज सुविधा पाउने बैंकले विश्वास लिएको छ ।