stcnepal long ad
ime life insurance
global ime bank long

विश्व बैंकद्वारा नेपाललाई ४५ करोड अमेरिकी डलर सहयोग स्वीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । विश्व बैंकले नेपालको सडक क्षेत्र मर्मत सम्भारका लागि ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम करिब ५४ अर्ब हुनेछ । बैंकले उक्त ऋण सहायताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ ।

कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार वृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासमा लागि खर्च हुने गरी ऋण स्वीकृत गरिएको विश्व बैंकले जानकारी दिएको छ ।

 विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जार्भोसले भने, ‘नेपालमा कोभिड १९ पछिको अवस्थामा सुरक्षा, रोजगारी सिर्जना र स्थानीय उत्पादनमा जोड दिन यो रकम सहयोग गरिएको हो ।’

विश्व बैंकले विशेष गरी यो सहयोग नागढुंगा–नौबिसे–मुग्लिन सडक स्तरोन्नति र कमला–डल्केबर–पथलैया सडक सुधारको लागि दिएको हो । आयोजनाबाट नेपालको अन्तरदेशीय व्यापार सहजीकरण हुने हुनेछ । यसैगरी, सुरक्षित सडक यातायात सुनिश्चित हुने र आजनताले सहज सुविधा पाउने बैंकले विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari