stcnepal long ad
ime life insurance
global ime bank long

जेठ ३२ बाट उद्धार उडान सुरु हुने, कुन देशबाट आउन कति लाग्छ भाडा ?

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
आर्थिक सञ्जाल
काठमाडौं । सरकारले जेठ ३२ गतेबाट उद्धार उडान सुरु गर्ने भएको छ । लक डाउनका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारका लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ । सरकारले ६७ उडान मार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ ।
नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादर समेत तय गरिएको छ । सकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्न लागेको हो । भाडा फर्किने आफैंले व्यहोर्नु पर्नेछ ।
विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)
१. ओमन ५१०
२. दमाम (साउदी अरब) ५९०
३. रियाद (साउदी अरब)  ६३०
४. जेद्हा ७७०
५. जोर्डन ८१५
६. साइप्रस ८७५
७. नारिता (जापान)  ९३५
८. खार्तुन (सुडान)  ९४०
९. फ्रयाङकफर्ट  (जर्मनी) १२५५
१०. लन्डन  १३४०
११. बंगलादेश १६५
१२ नयाँदिल्ली २०५
१३. मुम्बइ ३१०
१४. बेंग्लोर ३३५
१५. बैंकक ३९०
१६. कम्बोडिया ४००
१७. दुबई ५००
१८. आवुदाबी ५००
१९ सारजाह ५००
२०.माल्दिभ्स ५०५
२१.क्वाललम्पुर ५२०
२२. दोहा ५४५
२३ बहराइन ५४५
२४. हङकङ ५५०
२५. कुवेत ५७०

prabhu mahalaxmi
kumari