citizens life insurance long ad
stcnepal long ad

अमेरिका: खर्चविहीन हुनबाट जोगियो सरकार

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी सरकार बजेटबिहीनको अवस्थामा जानबाट रोकिएको छ । खर्च बजेट बिहीन हुन केही घण्टामात्र बाँकी रहँदा संसदका दुबै सदनबाट विधेयक पारित गरेसँगै खर्चविहीन हुनबाट जोगिएको हो ।

अल्पकालीन विधेयक सुरुमा प्रतिनिधि सभाले पारित गरेको हो । मध्य नोभेम्बरसम्म सरकारलाई खर्च व्यवस्थापन गर्ने तर युक्रेनको लागि कुनै नयाँ सहायता समावेश नगर्ने विधेयक पारित भएको हो ।

विधेयकलाई सिनेटले पनि अनुमोदन गरिसकेको छ । बजेट बन्द भए दशौं हजार संघीय कर्मचारीलाई तलब दिन नसकिने र अन्य धेरै सरकारी सेवा प्रभावित हुने अवस्था रहन्छ ।

खर्च  विधेयक  संसदका दुबै सदनमा अक्टोबर १ अगावै अनुमोदन हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । बजेट खर्चको स्तर र नीतिका सम्बन्धमा रिपब्लिकन र डेमोक्र्याट सांसदबीच मुल असहमति रहेका कारण समस्या आएको विश्लेषण गरिएको छ ।

IME Life
kumari