citizens life insurance long ad
stcnepal long ad

अमेरिकन रेष्टुरेन्ट ब्राण्ड ‘केन्नी रोजर्स रोस्टर्स’ नेपाल भित्रियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।   चर्चित  अमेरिकन रेष्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको दरबारमार्गस्थित ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो ।

गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेष्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन् । गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा रेष्टुरेन्ट रहेको छ ।

जसबाट दरबारमार्गका गतिविधि समेत नियाल्न सकिन्छ । केन्नी रोजर्सको स्टान्र्डर्डमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन करीव तीन करोड रुपैयाँ लगानी लागेको सञ्चालक थापाले जानकारी दिए ।

रेष्टुरेन्ट दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७० जनासम्मले सेवा लिन सक्छन् ।‘वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेष्टुरेन्टमा पुग्ने ग्राहकहरुले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महशुस गर्न सक्नेछन् । वुडन थिमले रेष्टुरेन्टलाई थप आकर्षक बनाएको छ ।

चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन ९केएफसी०का पूर्वसीईओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाइ व्राउन ९जुनियर० ले सन् सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । यही ब्राण्ड संसारभर फैलिएको हो । अहिले केन्नी रोजर्स  रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आक्रामक रुपमा आउटलेट बिस्तार गरिरहेको छ ।

केन्नी रोजर्स रोस्टर्स नेपालमा पहिलोपटक भित्रिएको हो । ‘विदेशमा ठूला जहाजमा म्यानेजरको काम गर्दा केन्नी रोजर्स रेस्टुरेन्टमा खाना खाइन्थ्यो, यो रेस्टुरेन्टले फरक स्वादमा स्वस्थ्य परिकारहरू पस्कने थाहा पाइयो,’ रेस्टुरेन्टका एक सञ्चालक लोकेन्दर महतराले भने, ‘नेपालमा स्वादिला परिकार खोज्दै रेस्टुरेन्ट धाउनेहरू बढ्दै छन्, त्यसैले हामीले नयाँ स्वाद पस्किन अमेरिकी ब्रान्डलाई नेपाल भित्र्याएका हौं ।’

केन्नी रोजर्स रोस्टर्सको मुख्य डिस भनेकै चिकेनका आइटम हुन् । रेस्टुरेन्टमा चिकनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको महतराले बताए ।

रेस्टुरेन्टका मुख्य परिकारहरूमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकन, पिज्जा स्वादको स्यान्डविच, फिस बर्गरलगायत रहेका छन् ।

उनले भने, ‘केन्नी रोजर्स रोस्टर्समा आउने भनेकै चिकेनका परिकार खानलाई हो ।’ यो रेस्टुरेन्टमा रोस्टेड होल चिकेनमा अन्य साइड डिसहरू थपेर आउने ग्रुप तथा फेमिली सेट पनि पाइन्छ ।

परिवारसँग आउने बच्चाहरूलाई चिकेन ललिपप, चिकेन विङ्स, मफिन्स, मिनी बर्गरलगायत परिकार पाक्छन् । रेस्टुरेन्टमा पाहुनाले पारिवारिक वातावरणमा स्वादिला परिकारसँग रमाउन पाउने सञ्चालक थापाको भनाइ छ।

परिवारसहित रेस्टुरेन्टमा खान आउने उपभोक्तालाई केन्नी रोजर्स रोस्टर्स सबैभन्दा उपयुक्त रहेको उनको दाबी छ ।

केन्नी रोजर्स रोस्टर्सले पहिलोपटक काठमाडौंको आउटलेटमा अल्कोहलिक पदार्थहरू बिक्री गर्न अनुमति दिएको छ । विश्वका अन्य सहरमा खुलेका आउटलेटले कडा अल्कोहल (हार्डड्रिंक्स) सर्भ नगर्ने सञ्चालक महतराले जानकारी दिए ।

IME Life
kumari