stcnepal long ad
ime life insurance
global ime bank long

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको सिजिआजुङबीच सम्झौता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । शिक्षा, अनुसन्धान तथा संस्कृति आदान–प्रदान र सहकार्य गर्ने उद्देश्यले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र चीनको सिजिआजुङ टाइडाओ विश्वविद्यालयबीच सम्झौता भएको छ ।

एमयूका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह तथा सिजिआजुङ तर्फबाट उपकुलपति प्रा डा फेङ बेन्जीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको एमयूले जनाएको छ ।

सम्झौताअन्तर्गत दुवै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुनेछ । सम्झौतापश्चात् मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् ।

एमयूका सूचना प्रविधि सङ्कायका उपप्राध्यापक पञ्चदेव भट्टले अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाइका लागि प्राध्यापकसमेत आदानप्रदान गर्न सकिने जानकारी दिए ।

“सम्झौता हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ, त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकताअनुसार थप गरिने प्रावधान राखिएको छ”,

उनले भने, “यो सम्झौता एमयूमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीका लागि निकै उपयोगी हुनेछ ।” सिजिआजुङ टाइडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनीयरिङसँग सम्बन्धित चीनको एक प्रख्यात विश्वविद्यालय मानिन्छ । रासस

prabhu mahalaxmi
kumari