stcnepal long ad
national life

कोरोनाका कारण स्याङ्जाका एक जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

स्याङ्जा । कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना सङ्क्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका वर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए।

आइतबारसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ४ सय ४८ पुगेको छ। त्यसमध्ये ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

gold
kumari bank
kumari
nawakantipur long