citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोरोना महामारीः सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको छ । सबैभन्दा धेरै संक्रमित भारत र थोरै भुटानमा रहेका छन् ।

सार्क राष्ट्रहरूमा नेपाल संक्रमित संख्याको आधारमा पाँचौं स्थानमा छ । नेपालमा हालसम्म ३ हजार ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ४ सय ६७ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले भने नेपालमा कोरोना परीक्षणको दर कम भएकाले संक्रमित संख्या न्यून देखिएको बताउँदै आएका छन् ।

कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार सबैभन्दा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । भारतमा हालसम्म २ लाख ४७ हजार ८ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख १९ हजार २ सय ९३ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ९ सय ५४ जनाको ज्यान गएको छ ।
यस्तै, पाकिस्तानमा ९८ हजार ९ सय ४३ जनालाई संक्रमण पुष्टि भएको छ । त्यहाँ ३३ हजार ४ सय ६५ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार २ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा ६५ हजार ७ सय ६९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ हजार ९ सय ३ जना निको भएका छन् । यस्तै, ८ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा संक्रमितको संख्या २० हजार ३ सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ७५ निको भएर घर फर्किएका छन् । हालसम्म अफगानिस्तानमा ३ सय ५७ जनाको ज्यान गएको छ ।

मालदिभ्समा १ हजार ९ सय १ जनालाई संक्रमण पुष्टि भएको छ । ७ सय ६३ जना निको भई फर्केको मालदिभ्समा मृतकको संख्या आठ पुगेको छ । यस्तै, भुटानमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना निको भई घर फर्किएका छन् । भुटानमा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । आजको राजधानी दैनिकबाट

gold
himalayan life insurance long ad
kumari bank