citizens life insurance long ad
stcnepal long ad

एनआईसी एशिया बैंकले गर्यो बम्पर लाभांश घोषणा

यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्न सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया सम्भवत यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्ने देखिएको छ । किनकी बढी क्षमता भएका बैंकले पनि यो वर्ष कम लाभांश दिइरहेका छन् । समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद गरि बैंकले प्रस्ताव गरेको यो लाभांश बिजपाटीले प्रक्षेपण गरेको भन्दा १ प्रतिशत बिन्दु मात्र कम हो ।

दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको एनआईसीले यस पटक ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको एनआईसीले यस पटक ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले यस वर्ष ३१.५७ प्रतिशत लाभांश दिने क्षमता राखेपनि राष्ट्र बैंकले थप ४०/५० करोड प्रोभिजिङ गर्न लगाएपछि एनआईसी एशिया बैंकको लाभांशमा कैंची लागेको हो ।

गत वर्ष पनि सेयरधनीलाई लाभांश नदिनएको एनआईसी एशिया बैंकले यस वर्षपनि सेयरधनीलाई सो बराबरको बोनस सेयरमात्रै दिन लागेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकले ६५ करोड ७० लाख रुपैयाँ प्रोभिजिङ गरेको थियो । त्यसमा थप गर्न लगाएपछि त्यसको असर लाभांशमा परेको हो । बैंकले गत आवमा ३ अर्ब ६९ बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

IME Life
kumari