citizens life insurance long ad
stcnepal long ad

जगदम्बा इन्टरप्राइजेजले प्राइम बिलेटको उत्पादन थाल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक ल्याडल रिफाइनिङ फर्नेस (एलआरएफ) प्रविधि मार्फत नेपालमै पहिलो पटक प्राइम बिलेट उत्पादनमा ल्याएको छ ।

भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक जगदम्बाले उत्पादनमा ल्याएको हो ।भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा ‘एफइ ५००डी’ गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको छ ।

भूकम्प  प्रतिरोधात्मक हुने उक्त डण्डी प्राइम बिलेटबाट मात्र बन्ने जगदम्बाले जानकारी गराएको छ । जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड ब्राण्डमा उक्त डण्डीको उत्पादन एवं बिक्री वितरण गर्दै आएको जानकारी गराएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेको जगदम्बा इन्टरप्राइजेजले जीआई पाइप, ब्ल्याक पाइप, ट्युबुलार र पोल, हाइमाष्ट पोल, फेब्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ ।

IME Life
kumari