सुनको भाउ प्रतितोला ९९ हजारमा कारोबार
काठमाडौं । सुनको भाउ बिहीबार २५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला ३५ रुपैयाँले बढेर १३५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३२० रुपैयाँमा कारोबार भएको थियो ।























