kumari bank
Prabhu Insurance
stcnepal long ad

एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन

काठमाडौं । नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् ।

यही कारण दसैंमा फुलपातीका दिनदेखि कोजागत पुर्णिमाको दिनसम्म मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुणा बढी मासु खपत हुने अनुमान गरिन्छ । विशेषत फुलपाती र महाअष्टमीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन ।

फुलपाती र महाअष्टमीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ हुन्छ ।

मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् डा। अरुणा उप्रेती बताउछिन । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मात्र मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी मासु सेवन गर्नु अस्वस्थ मानिन्छ ।

चाडबाडमा घर परिवार र आफन्त सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो, जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन्,मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ, जथाभावी खाँदा हानीकारक हुन्छ ।

बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ ।

मासु आफैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ । पेसर,सुगर,कोलस्टोर हुनेले धेरै रातो मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो हुँदैन।

मासुसँगै दसैंको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ ।

स्वस्थ मासु कसरी चिन्ने ?

–मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने ।
–धेरै मासु एकैपटक खरिद नगर्ने, आवश्यकता अनुसार मात्र खरिद गर्ने ।
–फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म मात्र राख्ने ।
–फ्रिजमा मासु राख्दा छोपेर राख्ने ।
–मासुलाई टुक्रा–टुक्रा बनाएर फ्रिजमा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्ने ।
–मासुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनु हुँदैन ।
–मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाउने ।

 


२७ असोज २०७८, बुधवार १२:१६ बजे प्रकाशित

nabil bank