stcnepal long ad
global ime bank long

लागू ओैषध सहित होटल सञ्चालक शाह पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् ।

असोज २३ गते दिउँसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो होटलबाट लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की, SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको पनि बताइएको छ ।

IME Lifesidebar
kumari