stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

कात्तिक १४ गते सानिमा बैंकको वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं। सानिमा बैंकले कात्तिक १४ गते वार्षिक साधारण सभा बोलाएको छ । वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा रहेको छ । साथै, मर्ज तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

सभा प्रयोजनाको लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार कात्तिक ६ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।

himalayan life insurance
igi long