evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

बैङ्कको सेयरमा घट्दो आकर्षण

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

सेयर बजार केही समयअघि १८०९ को बिन्दुबाट उकालो लागेर २२२६ को बिन्दु नजिक पुगेर करेक्सन हुँदै बुधबारको कारोबारमा २०२५.१२ को बिन्दुमा ओर्लिएको अवस्था छ । बजार उकालो लाग्ने क्रमले निरन्तरता पाउँछ भन्ने मानसिकताबाट उच्चतम बिन्दुमा मनग्य सेयर खरिद गर्ने लगानीकर्ता अहिले निरास छन् भने राम्रो ट्रेडिङ ज्ञान भएकाहरू भने माथिल्लो बिन्दुमा सेयर बेचेर अब कहिले खरिद गर्दा होला भन्ने तरखरमा छन् ।

त्यसै गरी नेपाली सेयर बजारको ठुलो हिस्सा ओगटेको कमर्सियल बैङ्क समूहको सेयर सूचक पनि ११७० को बिन्दुबाट एकाएक १३९३ को बिन्दुनजिक पुगेर हाल १२७०.९२ मा ओर्लिएको छ । बैङ्कहरूको वार्षिक प्रतिवेदनका समाचारमा उच्च नाफा भएको खबर आउने तर त्यसको चिरफार भने नहुने अवस्थाले लगानीकर्ताको दुविधा बढेको मात्र होइन  महँगोमा  कमर्सियल  बैङ्कको सेयर खरिद गर्न उत्प्रेरितसमेत भएको अवस्था हो ।

तर बैङ्कहरूले बढाएको नाफा दिगो हो त ? सेयर लगानीकर्तालाई प्रतिफल उच्च दिन सक्ने अवस्थामा छन् त रु आदि भने बैङ्कको प्रकाशित तथ्याङ्कको गहिरो विश्लेषणपश्चात् मात्र सम्भव हुन्छ । नेपाली सेयर बजारमा केही वर्षअघिसम्म पनि सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व कायमै थियो ।

सेयर बजारबाट कमाउने भनेको नै बैङ्क तथा वित्तीय सस्थाको सेयरबाट हुन्थ्यो तर बजारमा अब आएर जलविद्युत्, बिमा, होटल, लघुवित्तलगायत १३ समूहको सेयर थपिनु र बजार बुलिस हुँदा त्यस्ता समूहको सेयरले बैङ्कको भन्दा बढी मुनाफा दिनुले कमर्सियल बैङ्कहरू सेयर लगानीकर्ताको रोजाइमा कम हुँदै गएको छ ।

नाफा बढी हुँदाको अवस्थामा पनि चुक्ता पुँजी बढी हुनुले वितरण योग्य मुनाफा कम हुन गई प्रतिफल कम हुने अवस्थाले पनि कमर्सिलयल बैङ्कको सेयरमा लगानीकर्ताको आकर्षण कम भएको हो । अर्कोतर्फ लघुवित्त, फाइनान्स र विकास बैङ्क समूहको सेयरले बजार बुलिसमा रहँदा निकै ठुलो मुनाफा हासिल गरेको अवस्था पनि रह्यो ।

गत आर्थिक वर्षमा कमर्सियल बैङ्कले निकै मुनाफा कमाएको वार्षिक प्रतिवेदन आए पनि अहिले भने बैङ्क तथा वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण कमै छ, त्यसको मुख्य कारण भनेको नै नाफा उच्च देखाए तापनि वितरणयोग्य मुनाफा कम भएर प्रतिफल कम पाइन्छ भन्ने लगानीकर्ताको आकलन नै हो ।

कमर्सियल बैङ्कहरूको नाफामा सुधार मात्र होइन, सम्भावित कर्जा नोक्सानीका लागि नाफाको ठुलो हिस्सा छुट्टयाएर राख्नुपर्ने बाध्यताले हाललाई प्रतिफल दिने कुरा अवश्य पनि घटेको छ तर त्यसको अर्थ कमर्सियल बैङ्कहरूको आर्थिक स्वास्थ्य कमजोर बनेको भने अवश्य पनि होइन ।

२६ वटाबाट मर्जरका कारण घटेर नेपालमा सञ्चालित २० वाणिज्य बैङ्क हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार खुद नाफा २४.९३ प्रतिशतले बढेको पाइएको छ ।

कमर्सियल बैङ्कहरूले अधिल्लो वर्ष ५६ अर्ब १७ करोड नाफा गरेकोमा आर्थिक वर्ष २०७९/८० को अवधिमा त्यसमा वृद्धि भएर ७० अर्ब १७ करोड कमाउन सफल भएको देखिन्छ ।

मुलुकमा आर्थिक क्रियाकलाप निकै सुस्त भएको परिस्थितिमा पनि नाफामा सुधार आउनुले भने बैङ्कहरूको अवस्था राम्रो रहेको जनाउँछ तर सेयर बजारमा कमर्सियल बैङ्कहरूको बिक्री मूल्य निकै खस्केको अवस्थामा रहनु र यस वर्ष नाफामा सुधार आए पनि कर्मचारी खर्च वृद्धि, खराब कर्जा बढ्नु, प्रोभिजनमा ठुलो रकम जानु जस्ता कारणले वितरण योग्य नाफा घट्ने लगानीकर्ताको आकलनका कारण नै सेयर बजारमा कमर्सियल बैङ्कहरूको सेयरका आकर्षण बढ्न सकेको छैन ।

कमर्सियल बैङ्कहरूको वार्षिक प्रतिवेदन आउने क्रममा नाफामा सुधारका ठुला ठुला समाचार आउने गरेको भए पनि ठुलो चुक्ता पुँजी र उच्च प्रोभिजन भएको कारण प्रतिफल न्यून हुने कुरामा शङ्का छैन ।

कमर्सियल बैङ्कहरूका सेयर लगानीकर्ताले उच्च प्रतिफल पाउने नभएको तथ्याङ्कले नै स्पष्ट गरेको छ भने बैङ्क तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर केही घटे पनि अझै राम्रो प्रतिफल कायमै रहेकोले बजारका कमर्सियल बैङ्कको आकर्षण कमै छ । समग्रमा हेर्दा बैङ्कले कमाएको नाफाबाट उच्च प्रतिफल दिनसक्ने अवस्था देखिँदैन ।

त्यसै गरी लघुवित्तमा विद्यमान ठुलो समस्या अनि फाइनान्स र विकास बैङ्कको हालत पनि कमर्सियल बैङ्ककै जस्तो हुन सक्ने भएकोले समग्र बैङ्क तथा वित्तीय क्षेत्रको सेयरमा नै लगानीकर्ताको आकर्षण देखिँदैन ।

बैङ्कले भने नेपाल राष्ट्र बैङ्कको नियामकीय प्रावधानका कारण भएको आम्दानीबाट पनि लगानीकर्तालाई उच्च प्रतिफल दिन नसकेको गुनासो गर्दै आएको अवस्था हो, अहिले ।

आजभोलिका सेयर लगानीकर्ता नाफाको आकार हेरेर मात्र लगानी गर्नेभन्दा पनि संस्थाको हरेक आर्थिक क्रियाकलाप राम्ररी अध्ययन गरेर मात्र गर्ने भइसकेको अवस्थामा बैङ्कहरूको खराब कर्जा गत आर्थिक वर्षका बढेको कारण पनि बैङ्कहरूको सेयरमा लगानीकर्ताको आकर्षण घटेको हो ।

गत आर्थिक वर्षमा तरलता अभाव र ऋणको चर्को ब्याज दर, आर्थिक मन्दीका कारण कर्जाको विस्तार रोकिएको मात्र होइन खराब कर्जाको अनुपात पनि दोब्बर बढेको छ ।

अघिल्लो वर्ष १.२९ प्रतिशत रहेको खराब ऋण अनुपात गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा २.८० प्रतिशतमा पुगेको छ । यसरी खराब कर्जामा उल्लेख्य वृद्धि भए पछि त्यसका लागि प्रोभिजनमा रकम छुट्टयाउनुपर्ने भएकोले पनि बैङ्कहरू उच्च प्रतिफल दिने अवस्थामा छैनन् ।

कमर्सियल बैङ्कहरूको सेयरको राम्रो पक्ष भनेको चाहिँ हाल उच्च नाफा हुँदा पनि विविध नियामकीय कारणले प्रतिफल खस्केको हो तर बैङ्कहरूले सही परिमाणको प्रोभिजन गर्ने कर्जा विस्तार गर्ने कार्यलाई द्रुत गतिमा अघि बढाएका छन् । निक्षेपमा दिने ब्याजदर घटाए पनि कर्जाको ब्याजदर ढिला मात्र घटाउने चतु(याइ कायमै छ ।

मर्जरले ठुलो चुक्ता पुँजी भएको कारण तरलतामा समस्या नहोला । भविष्यमा उच्च प्रतिफल पाउने आशामा लामो समयका लागि कमर्सिलय बैङ्क समूहको सेयरमा लगानी भने पैसा गुमाउने डर कम भएको र लगानीको प्रतिफल उचित प्राप्त हुने ढक्कको उपयुक्त लगानी हुने देखिन्छ ।

himalayan life insurance long ad
igi long