citizens life insurance long ad
stcnepal long ad

प्रमोद खरेलले ‘गंगा जमुना’ को फर्स्ट लुक सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

गायक प्रमोद खरेलले ‘गंगा जमुना’ बोलको गीत बजारमा ल्याउने तयारी गरेका छन्। गायक खरेलले बुधबार गीतको फर्स्ट लुक्स सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्।

‘गंगा जमुना’मा राजेन्द्र थापाको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ। अङ्समसले संगीत संयोजन गरेको गीतमा श्यामश्वेत रसाइलीले मिक्सिङ एण्ड मास्टरिङ गरेका छन्।

गीतको भिडियोमा अभिनेता दिलिप रायामाझी, प्रमोद खरेल, अन्जली अधिकारी,उषा उप्रेति लगायतको अभिनय रहने जनाएको छ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा कलरको काम गरेका छन्। भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। उनलाई रोशन विःकले सघाएका छन्।

IME Life
kumari