stcnepal long ad
ime life insurance
national life
global ime bank long

लकडाउनमा पढाइः अनलाइन क्लास कसरी लिने ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

प्रकाश उप्रेती–
प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्ड्डिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिद योग्य हुदै गएको छ । आज कम्प्युटरले धेरैनै क्षेत्रलाइ ठुलो सहयोग गरेको छ ।

कम्प्युटर भन्नाले डेस्कटप कम्प्युटर मात्र नभई ल्यापटप, स्मार्ट मोबाइल फोन, साथै कम्प्युटरकृत ठुला ठुला परियोजनाका मेसिन अनि स्वचालित इन्जिन आदि पनि हुन् जसले डाटाहरुलाई निक्कैनै द्रुत गतिले प्रोसेस गर्दछन । र्याम कम वा धेरै चाहिने हो भन्ने कुरा येहि डाटा प्रोसेस गर्नको लागि हुने प्रक्रियाले निर्धारण गर्दछ ।
वर्कफ्रम होम
वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसै अनुसार केहि परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थान पाउने छ ।
अनलाइन मार्फत कक्षा र अनलाइन पठन–पाठन भिन्नै कुरा भने हैनन तर अनलाइन कक्षा भन्नाले अनलाइन मार्फत पढाउने अनि अनलाइन पठन – पाठन भन्नाले भौतिक कक्षा जस्तै हाजिर गर्ने, होमवर्क दिने, आदि पर्दछन ।
इन्टरनेट मार्फत गुगल क्लास रुम, मुडल, माइक्रोसफ्ट टिम्स, ब्लाक बोर्ड अनि तेस्तै केहि अन्य ई(लर्निंग म्यानेजमेन्ट सिस्टमको प्रयोगबाट अनलाइन कक्षा संचलान गर्न सकिन्छ । भिडियो कन्फ्रेंसिंग गर्ने योग्य भएको इन्टरनेट स्पिडबाट सजिलै संग यस्ता कक्षा संचालन गरिन्छ । जसमा बिद्यार्थी र शिक्षक बीचमा हुने हरेक क्रियाकलापलाइ यस्ता लर्निंग म्यानेजमेन्टका प्लाट फर्मले सहज बनाउछन ।
लर्निंग म्यानेजमेन्ट सिस्टम कुनै ओपन सोर्स पनि हुन्छन जसलाई आफ्नै सर्भरमा होस्ट गर्नु पर्दछ भने कुनै फ्रिमियम मोडलका हुन्छन भने कुनै लाइसेन्स भर्सन हुन्छन जसलाई बार्षिक रुपमा केहि रकम बुझाउनु पर्ने हुन्छ ।
लर्निंग म्यानेजमेन्ट सिस्टम मार्फत कक्षा, ट्रेनिंग, परीक्षा साथै सर्टि्फिकेटहरु बनाउन सकिने हुन्छ । यस्तो लर्निंग म्यानेजमेन्ट सिस्टममा विभिन्न युजर रोलहरु हुन्छ जसले गर्दा कुन कक्षामा के भैरहेको छ, कस्तो पर्फर्मनेंस छ, कक्षा कोफ्लो कस्तो जादै छ भन्ने बिषयमा एडमिनका रोल अनुसार हेर्ने प्राबधान हुन्छ ।
सास(क्बबक् सफ्टवेयर एज अ सर्भिस) मा आधारित लर्निंग म्यानेजमेन्ट सिस्टम क्लाउडमा होस्ट भएको हुन्छ सफ्टवेयर एज अ सर्भिसका सबै प्लाटफर्महरू क्लाउडमा होस्ट भएका हुन्छन जसले गर्दा ग्लोबल एक्सेस मार्फत सि डी यन टेक्नोलोजीमा आधारित भै नजिकको सर्भर लोकेसन मार्फत एक्सेस गर्न सकिन्छ ।

ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टमका कोडलाइ आफ्नै लोकल वा कुनै पनि रिमोट सर्भरमा आफ्नो आवश्यकता अनुसारको र्याम, अपटाइम, डिस्क स्पेसछानेर भी पी यस सर्भरमा होस्ट गरि संचालन सकिन्छ, गुगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता अरु विभिन्न सब्स्क्रिप्सन बेस्ड या फ्रिमियम (बेग्ला बेग्लै प्लान मद्धे कुनै एक निशुल्क र अन्य शुल्क लाग्ने) बेस्ड लर्निंग म्यानेजमेन्ट सिस्टमको सब्स्क्रिप्सनहरु निश्चित माशिक वा बार्षिक रकम तिरेर मात्र लिन सकिन्छ ।
माइक्रोसफ्ट क्लास रुम स् माइक्रोसफ्ट टिम मार्फत संचालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम बिद्यार्थी र शिक्षक बीचमा होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि येसाइनमेन्टको वर्कफ्लो हेर्न सकिने हुन्छ । यसै मार्फत माइक्रोसफ्टको क्लाउड ड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमांईडर निश्चित गर्न सकिने छन् ।माइक्रोसफ्ट क्लासरुम संचालन गर्न अफिश ३६५ को शैक्षिक सब्सक्रिप्सन हुनु पर्दछ ।

मुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न लर्निंग म्यानेजमेन्ट सिस्टमका सास बेस्ड, फ्रिमियम बेस्ड र ओपन सोर्स बेस्ड टुलहरु उपलब्ध छन् । एड मोड़ो यल यम यस (Edmodo LMS_l6r/ -Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट यल यम यस (Talent LMS), क्लास लाईफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology), सि स यल यम यस (Seesaw_ LMS,  लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल त्भTeachable आदि छन् जुन आवश्यकता अनुसार उपयोग गरि अनलाइन क्लासरुम संचालन गर्न सकिन्छ । (लेखक सुचना प्रबिधिका विद्यार्थी हुन्) (मधेश दर्पण फिचर सेवा)

IME Lifesidebar
kumari