citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बागमती प्रदेशमा १३ वटै जिल्लामा काम गर्ने पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ । कोभिड -१९ को महामारी वेला अग्रपंक्तिमा रहेर बागमती प्रदेशमा काम गर्ने पत्रकारका लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्री वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश समिति र उपत्यका समितिको संयोजनमा सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले मंगलबार १३ वटै जिल्लामा कार्यरत करिव पाँच सय पत्रकारका लागि माक्स, स्यानेटाइजर र पञ्जा बितरण गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सोमबार हेटौडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिलाई हस्तान्तरण गरिएका सामग्री मंगलबार १३ वटै जिल्लामा पुरयाउने व्यवस्था मिलाइए अनुरुप काठमाडौका अध्यक्ष शान्तराम बिडारी, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई सञ्चार रजिष्ट्रार रेवती सापकोटा, महासंघ उपत्यका समितिका महासचिव श्रीजन झाले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

क्यामरापर्सन र फोटो पत्रकार, टेलिभिजन,रेडियो,अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारलाई प्राथमिकताका आधारमा ती सामग्री वितरण गर्न नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई अनुरोध गरिएको छ । त्यसै अवसरमा सञ्चार रजिष्ट्रार रेवती सापकोटाले फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्की लगायत सञ्चार रजिष्ट्रार कार्यालयमा पुगेका थप केहि पत्रकारलाइ पनि ती सामग्री हस्तान्तरण गरिएको छ ।

त्यसैगरि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, धादिङका अध्यक्ष नवराज छत्कुली,नुवाकोटका लागि प्रदेश समिति सदस्य रामहरि गजुरेल र रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई सम्बन्धित जिल्लाका पत्रकारका लागि नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की, रामेछापका अध्यक्ष रमेश ढुंगेल ,दोलखाका लागि प्रदेश समितिका सदस्य बद्री नयाँघरे, काभ्रेपलाञ्चोकका अध्यक्ष मोतीराम तिमिल्सिना,सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ, सम्बन्धित जिल्लाका पत्रकारका लागि सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ प्रदेश समितिका उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारुमगर र उपत्यका समितिका महासचिव श्रीजन झाले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत ती सामग्री सम्बन्धित जिल्लामा कार्यरत पत्रकारलाई हस्तान्तरण गरिने छ ।

क्यामरापर्सन र फोटो पत्रकार, टेलिभिजन,रेडियो,अनलाइन र पत्रिकामा काम गर्ने पत्रकारलाई प्राथमिकताका आधारमा ती सामग्री वितरण गर्न नेपाल पत्रकार महासंघका जिल्ला शाखालाई अनुरोध गरिएको छ । लकडाउनका कारण एक ठाउँमा वितरण गर्न कठिन भएका कारण सम्बन्धित जिल्ला र नजिकका स्थानमा नेपाल पत्रकार महासंघका शाखाका पदाधिकारीलाई बोलाएर ती सामग्री हस्तान्तरण गरिएको हो ।

सिन्धुपाल्चोक, काभ्रे, काठमाडौ, भक्तपुर र ललितपुरका पत्रकार महासंघका अध्यक्षलाई सञ्चार रजिष्ट्रारको कार्यालय काठमाडौबाट ती सामग्री वितरण गरिएको थियो । दोलखा र रामेछापका लागि खुर्कोटमा, रसुवा र नुवाकोटका लागि गल्छीमा,धादिङका लागि मलेखुमा ती सामग्री हस्तान्तरण गरिएका थिए । चितवन,मकवानपुर र सिन्धुलीका पत्रकारका लागि सम्बन्धित जिल्लामा ती सामग्री हस्तान्तरण गरिएको हो ।

gold
kumari bank