citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

कोरोना भाइरस (कोभिड १९) एक परिचय :

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल चैत्र १६, २०७६ आइतबार

किशोर शर्मा –

विश्वमा अहिले कोरोना भाइरसको संक्रमणको महामारी बढेको छ । विश्वको मेडिकल साइन्सलाई नै चुनौती दिने गरी कोरोना भाइरसको महामारी फैलिदा विश्व नै चकित परेको छ ।

चीनको वुहान प्रदेशमा पहिलो पटक देखिएको कोरोना भाइरस कसरी तीन महिना मै विश्वव्यापी भयो कथा रहस्यमय छ ।

 चीनको घटना :

१० डिसेम्बर २०१९ को त्यो मघ्य दिन, वुहान सहरको माछा ब्यापारी ५७ बर्षीय महिला मिकु जियान रूघाखोकी र ज्वरोले गाँजेपछि अस्पताल पुगिन् ।

अस्पतालले मौसमी रूघाखोकी र ज्वरोको औषधी दियो । तत्पश्चात उनी फेरि आफनै पसलमा फर्किइन्। तर दूरभाग्य १८ डिसेम्बर २०१९ को त्यो साँझ फेरि उनी बेहोस भएर पसलमै ढलिन् । यो नै कोरोना भाइरस संक्रमणको पहिलो घटना थियो। समय आफ्नै गतिमा बित्दै थियो। घटना भएको पनि दुई हप्ता हुन लागिसकेको थियो ।

तर मिकु जियानलाई लागेको रोगको बारेमा केही पत्ता लगाउन सकिरहेको थिएनन्। बरू त्यतिञ्जेल थप ४० जनालाई उहीँ प्रकारको लक्षण र समस्या देखा परिसकेका थियो। तत्पश्चात्, वुहानले यो अज्ञात रोगको बिषयमा WHO लाई सुचना गरायो र  ७ जनवरी २०२० मा WHO ले यस अज्ञात नयाँ रोगको बिषयमा पत्ता लगायो ।

डब्लुएचओले यस रोगको नाम 2019- nCOV अर्थात 2019 Novel Coronavirus नाम दियो। जसलाई Coronavirus Disease “COVID 2019” पनि भनिन्छ।

इटलीको घटना:

३१ जनवरी २०२० इटलीको रोम शहरमा एकाबिहानै बुहानबाट घुम्न आएका दुई चाईनीज पर्यटकलाई चेकजाँकमा पहिलो पटक कोरोना भाइरसो सङ्क्मण (COVID 2019) पोजेटीभ देखियो । ईटलीको लागि यो पहिलो केस थियो।

त्यसको ठिक एक हप्तापछि वुहानबाटै फर्केका एक इटालीयनमा पनि COVID 2019 पोजेटिभ देखियो । ३) भारतको घटना: १ मार्च २०२० मा दुबईबाट मुम्बई आएका ५ जना भारतीय नागरिकमा COVID 2019 पोजेटिभ देखियो । भारतका लागि यो पहिलो केस थियो।

 नेपालको अर्थात हाम्रो घटना:

२४ जनवरी २०२० जनबरीमा कोरियाबाट आएका एक नागरिकमा COVID 2019 पोजेटिभ देखिन्छ। जो निको हुन्छ । यो नेपालको लागि पहिलो केस थियो । तर पून: २३ मार्च २०२० मा फ्रान्सबाट आएको एक बिधार्थीमा पून: COVID 2019 देखियो। उल्लेखित देशको यथार्थ हेर्दा नेपाल बाहेक माथिका तीनबटै देश, हरेक दृष्टिकोणले सम्पन्न, सक्षम र शक्तिशाली छन् ।

स्वास्थ्य क्षेत्रको दृष्टिकोणले मात्र पनि मूल्याङ्कन गर्ने हो भने, चीन र भारत स्वास्थ्यमा एशियाकै सबल र सक्षम देश भित्र पर्दछ। त्यस्तै गरि इटली, यूरोपकै उत्तम स्वास्थ्य ब्यबस्था भएको देश हो ।  तर नेपाल उनीहरू भन्दा धेरै नै पछाडि छ। कोरोना भाइरसको फैलने चरण: कोरोना भाइरसको संक्रमणलाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ।

 पहिलो चरण-

बिदेशबाट आएकाहरूमा मात्र कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिने चरण ।

दोस्रो चरण-

बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र कोरोना भाइरस संक्रमण पोजेटिभ देखिने चरण ।

तेस्रो चरण-

कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिने चरण ।

चौथो चरण-

महामारीको चरण । अबस्था: चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ । भारत तेस्रो चरणमा प्रवेश गर्दैछ । नेपाल पहिलो चरणमा छ।

गल्ति:

क)चीन :- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

ख) इटली :- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली चीन धरै दूरीमा छ भन्ने भर्ममा परे । एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,भन्ने नै इटलीको ठूलो भ्रम सावित भयो।

साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै कोरोना भाइरस संक्रमण रोक्ने सामर्थ्य भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु प–र्यो।

ग) भारत :- कोरोना भाइरसको बिषयमा भारत पूर्ण जानकार छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै भारत तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

घ) नेपाल :- भाइरसको बिषयमा पूर्ण जानकार छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

बर्तमान परिस्थिति :

चौथो चरण भएर गुज्रिएको चीन र इटलीको कोरोना भाइरस ल्याएको अबस्था वर्णन नै गर्न नसकिने खालकोभयाबह रहेको छ । त्यो तपाईं हामीले सोंचेभन्दा शत प्रतिशत भयानक छ ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ। समीक्षा: हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो । त्यसैले हामीले कोरोना भाइरसलाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ र यो सोचें भन्दा सजिलो पनि छ। निचोड: क) लकडाउन र कर्फूको पालन गर्ने! ख) घरबाट बाहिर निस्कँदै ननिस्कने! ग) हात धोइरहने! घ) मास्कको प्रयोग गर्ने!

ङ) सहि सुचना लिने र दिने !

च ) भिड र हुलबाट टाढा रहने! ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने !

छ) कोरोना भाइरसको लक्षण देखिए तुरून्त अस्पताल जाने !

gold
himalayan life insurance long ad