विरामीको उपचारमा ठुलो समस्या

आर्थिक सञ्जाल चैत्र १६, २०७६ आइतबार
गोबिन्दप्रसाद चौलागाई –
काठमाडौं । लकडाउनको छैठौं दिन आज विहान ७ : ३० बजेतिर अनलाइन चेक गर्दै घरभित्रै बसिरहका थिएँ । बौद्धबाट एक परिचितले फोन गरे । सुरुमै मलाई बचाउनुस भनेर कुरा सुरु गरे । साह्रै अप्ठेरोमा परेका रहेछन् ।
११ जनालाई लगातार फोन गरे । कतिपयको उठेन, कतिपयले उठाए तर लकडाउनमा सुरक्षित बस्नुको बिकल्प छैन । परिवारको अनुमति नभए सिधै क्वारेन्टाइनमा बस्न पठाउँछन, आउन त मन थियो ।
यस्तै यस्तै जवाफ मात्र पाए । मुटुमा समस्या बढ्दै गएपछि उनले धेरै पटक एम्बुलेन्सलाई गुहारे । सबैले तपाईलाई कोरोना होला । हामी पनि जोगिनुपर्छ भनेर टारे । मर्ने भए , बचाउनुस । यो गुन मेरो जुनिभरी बिर्सन सक्दिन । सिन्धुपाल्चोक, हेलब्बु स्थायी ठेगाना भएका हाल बौद्ध, नयाँ बस्ती कोठामा एक्लै बस्दै आएका शारीरिकरुपमा अशक्त पासाङ तेम्बा लामाका यस्ता कारुणिक भावबिभोर शब्दले मलाई उहाँको फोन नसकिदै मनमस्तिकमा छोइसकेको थियो ।
मैले पनि एकैछिन् पनि नरोकिई ११ जनाबाट १२ नम्बरमा मलाई सम्झनु भो, अब न आतिनुस म १३ औ नम्बरमा फोन गर्ने अवस्था आउन दिन्न, २० मिनेट मलाई समय दिनोस् ।
एम्बुलेन्स वा कुनै साधन लिएर आउछु भने । मैले घरबाट निक्लन अघि मुमालाई भने, एकजना बिरामी अन्तिम अबस्थामा रहेछ्न, म जसरी नै पुग्नुपर्ने भो मुमा भन्न नपाउदै मुमाको ले भन्नू भो हामी सबैलाई मार्ने भैइस ।
१३ औंमा अर्को ब्यक्ति गुहार्नु पर्दैन भनेको शब्द सम्झें र आमालाई सम्झाउन छाडेर म एम्बुलेन्स खोज्न लागे । समस्या उही । बल्ल उठ्यो एक एम्बुलेन्स चालकको फोन ।
उनी काभ्रे स्थायी घर भएका संयुक्त एम्बुलेन्स चालक संघ, काठमाडौंका अध्यक्ष गणेश सापकोटा रहेछन् । उनको साथमा बल्ल हामी बि एण्ड बि अस्पताल पुग्न सफल भयौं । सामाजिक सेवाका भाव भएका पासाङसँग पैसा पनि रहेनछ ।
केहि दिनमा रकम दिने शर्तमा १५ हजार डिपोजिट राखेर भर्ना गरे । आज नेपाल पत्रकार महासङघको ६५ औ स्थापना दिवस सम्झिरहेको दिनमा एउटा संचारकर्मी भएको नाताले एकजना सामाजिक भाब भएका अशक्त बिरामीको उपचारमा सहयोगी भुमिका खेल्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको छु।कोरोनाबाट जोगिन त सबैको ध्यान गएकै छ ।
तर यही प्रवृत्ति रहे कोरोनाबाट भन्दा बढी असहाय, वृद्धावृद्ध र अन्य दीर्घरोगीले ज्यान गुमाउन सक्ने अवस्था आउन सक्छ । नीजि अस्पतालले कोरोनाका नाममा सहजै भर्ना नलिने, एम्बुलेन्सले फोन नउठाउने, उठाएनी कोरोनाको डरले बिरामी नबोक्दिने गर्दा अझै लम्बिने लकडाउनमा जनताले कस्तो दुःख भोग्नु पर्ला । सबैको ध्यान जान जरुरी छ ।